आज मेलम्चीको पानीको उद्घाटन हुदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७
7.4K
SHARES

२० चैत काठमाडौ । आज काठमाडौंमा आइपुगेको मेलम्ची पानीको औपचारिक रुपमा उद्घाटन गरिने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

उनका अनुसार, आज दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् ।

हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भैरहेको छ ।

त्यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण कार्य शुरू गरेको छ ।