एकैदिन ८१ हजार बढी कोरोना संक्रमित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७
4K
SHARES

२० चैत एजेन्सी । भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।

कोरोना संक्रमितको पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ ।