जेठ/असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्नसक्छ – स्वास्थ्यमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
7.4K
SHARES

२३ चैत काठमाडौं।नेपाल सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताएका छन ।

संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’

यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।

भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताएका छन ।