काठमाडौं शाखामा सुवेदीको प्यानल विजयी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
11.3K
SHARES

२७ चैत काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखामा सूर्य सुवेदीको सम्पूर्ण प्यानल नै विजयी भएको छ ।

१ हजार २ सय ३४ मत खसेकोमा सुवेदीले ७ सय १३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी मोहन पन्तले ३३७ मत ल्याएका छन् ।

उपाध्यक्ष खुल्लामा रामचन्द्र दुलाल (भाञ्जा) ४६२ मत ल्याएर बिजयी भएका छन् । त्यही पदको लागि उम्मेदवारी दिएका रमेश ढुंगानाले १२३ र अमिर लामाले ४३८ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा अप्सरा गौतमले ५८८ मत ल्याएर बिजयी हुँदा तारादेवी नेपालले १७५, सीतामाया पौडेलले १८४ र संचिता पौडेलले ५२ मत ल्याएका छन् ।

सचिवमा महेश्वर गौतमले ४३३ मत ल्याएर बिजयी हुँदा पर्वतराज घिमिरेले ११४, पुष्कर बस्नेतले २९० पृथी बहादुर बस्नेतले १०२ र भीम बहादुर लामाले ९१ मत ल्याएका छन् ।

सह सचिव खुल्लामा अर्जुन डोटेल ५८२ मत ल्याएर बिजयी हुँदा मुकुन्द प्रसाद भुषालले १९३, राजु लामिछानेले ७९ र प्रशान्त वलीले १५८ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अजित अधिकारीले ५८७ मत ल्याएर बिजयी हुँदा मुकुन्द कुमार ढुंगानाले ३१३ मतमा चित्त बुझाउनु परेको छ ।

खुल्ला सदस्यमा कमलराज राई (५८०) कृष्णप्रसाद ढुंगेल(४१३) कृष्णराज गौतम (४१५) बुद्ध योञ्जन लामा (४५१) रमेश कुमार बोहरा (४६७) रमेश लामिछाने (३८०), रीना श्रेष्ठ (३८७) र शैलेश डंगोल (३७१) मत ल्याएर बिजयी भएका छन् ।
८ जना खुल्ला सदस्यको लागि २१ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै मधेशी सदस्यमा मिना कुमारी यादवले ६६५ मतका साथ बिजयी भएकी छिन् भने दलित सदस्यमा ७२८ मतका ल्याएर शेभा नेपाली विजयी भएकी छिन् ।

सदस्य अन्य समावेशीमा दिपक काफ्‍लेले ५२९ मत ल्याएर विजयी भएका छन् भने महिला सदस्यमा शोभा अर्यालले ५६१ मत ल्याएर बिजयी भएकी छिन् । उनको प्रतिद्धन्‍दी कमला हमालले ३७४ मतमा चित्त बुझाउनु परेको छ ।

सदस्य आदीवासी जनजातिमा सुवास कुमार सुनुवार (मुखिया) ले ४९७ मत ल्याएर विजयी भएका छन् ।