बेलायती राजकुमारको निधन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
7.9K
SHARES

२७ चैत काठमाडौ। बेलायतका प्रिन्स फिलिप ड्युक अफ एडिनबर्गको निधन भएको छ। लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो। अन्तराष्ट्रिय संञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण भएको थियो। फिलिपलाई असहज महसुस भएपछि १७ फेब्रुअरीमा लन्डनको किंग एडवर्ड अस्पतालमा भर्ना गरिएको थियो।

महारानी एलिजाबेथले पति फिलिपको मृत्युबारे घोषणा गरेकी हुन्। उनको विन्डसर क्यासलमा स्थानीय समयअनुसार बिहान मृत्यु भएको जनाइएको छ। संञ्चारमाध्यमका अनुसार प्रिन्स फिलिप र रानी एलिजाबेथ दुबै कोभिड १९ विरुद्धको खोप जनवरीमा लगाएका थिए।