बैंकहरुको कर्जा लगानी १७ प्रतिशतले बढ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १ २०७८
5.2K
SHARES

१ वैशाख काठमाडौं। कोरोनापछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी उच्च देखिएको छ। कोभिड नियन्त्रणको लागि गत वर्षको चैतदेखि ४ महिना लामो लकडाउन खुकुलो भएसँगै चालु आर्थिक वर्ष लागेपछि भने बैंकहरुको कर्जा लगानी बढेको हो।

चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १७ दशमलव २ प्रतिशतले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुको निक्षेप ११ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षमा कोभिड सुरु हुन अगाडि ८ महिनाको कर्जा विस्तार १० दशमलव एक प्रतिशत मात्रै रहेको थियो। राष्ट्र बैंकले चालु मौद्रिक नीति सार्वजनिक गर्दै यो आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा २१ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिए पनि ८ महिनामा नै १७ प्रतिशत माथिले विस्तार भएको छ।

कोभिडपछिको अर्थतन्त्र पुनरुउत्थानको लागि राष्ट्र बैंकले दिएको सहुलियत, घटेको ब्याजदर तथा ठूला मात्रामा गएको पुनर्कर्जाले गर्दा कर्जा विस्तार उच्च भएको छ।