विदेशी बैंकमा सीईओ भएर जादै गोविन्द गुरुङ


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८
7.2K
SHARES

४ वैशाख काठमाडौ । करार अवधि झण्डै तीन महिना बाँकी छँदा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन्।

चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन।सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो।

विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उनी पहिलो नेपाली बैंकर हुन्।

गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा छन्। उनी २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत थिए। यसअघि उनले हिमालय बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकमा पनि काम गरिसकेका छन्।