फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८
4K
SHARES

४ वैशाख काठमाडौं ।आज नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।