आज कोरोना संक्रमितको कारण ५४ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
2.8K
SHARES

२३ वैशाख काठमाडौं ।आजको पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ भने ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ ।

आज थप २ हजार ७०७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।