आज अपि पावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं। अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन्।
कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसले गर्दा आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले निश्काशन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन्।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।