आज कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८
3.7K
SHARES

३० वैशाख काठमाडौ  । कोरोना संक्रमणबाट आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बिहीबार थप ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २ हजार ७३३ , भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन्।