आज कोरोना संक्रमणबाट १८७ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
2.9K
SHARES

१ जेठ काठमाडौ  । पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ जनाको पिसिआर र ५७७ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा थप ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ५ हजार ४५५ जना कोरोना निको भएर डिस्चार्ज भएका छन । हाल देशभर १ लाख ९ हजार ७४० जना संक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ ।

यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।