एमाले सुदूरपश्चिम : सरकारको समर्थन फिर्ता नलिने – संसदीय दलको निर्णय


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८
4.8K
SHARES

१२जेठ काठमाडौं ।आज नेकपा एमालेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।  आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेश सभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताका लागि निर्देशन दिएको थियो ।  तर, बैठकले पार्टीको निर्देशन विपरीत निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभामा एमालेको खनाल–नेपाल समूह बलियो छ ।