यस्तो निर्णय गर्दै कांग्रेस पदाधिकारी बैठक सकियो


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८
6.1K
SHARES

१२ जेठ काठमाडौं। आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकले आफ्ना भ्रातृ संस्था तथा तल्लो तहका कमिटीलाई विपक्षी दलसँग सहकार्य गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।

तत्कालका लागि संयुक्त वक्तव्यमार्फत् वर्तमान सरकारको विरुद्धमा लाग्ने बताइएको छ। बैठकमा वर्तमान वस्तुस्थितिबारे छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए।

‘कानुनी लडाइँ कसरी लड्ने र कानुनी प्रक्रियामा कसरी जाने छलफल भयो। जिल्लादेखि वडा तहसम्मका पार्टी संरचनालाई क्रियाशील बनाई अहिलेको सरकारको विरुद्धमा शसक्त जनमत बनाउने बारेमा छलफल भयो’, केसीले भने,‘संयुक्त वक्तव्य दिने कार्यमा पार्टी संरचनालाई क्रियाशील बनाउने र विपक्षी दलहरुबीच समन्वय गर्ने निर्णय भएको छ।’