प्रदेश सांसदलाई नेता थापाले दिए यस्तो चेतावनी
१२ जेठ धनगढी ।आज नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
एमाले स्थायी समितिले गरेको निर्णयविपरीत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रदेश संसदीय दलले निर्णय गरेपछि केन्द्रको निर्णय नमान्नेलाई पार्टीको साधारण सदस्यबाटै निस्कासनसम्मको कारबाही गर्ने चेतावनी थापाले दिएका हुन् ।
एमाले संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेपछि तत्कालका लागि माओवादी नेतृत्वको सरकार जोगिएको छ ।
आज बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिदै तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो ।