पार्टीको निर्णय नमान्नेलाई कारबाहि हुन्छ – इन्चार्ज भट्ट


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८
7.5K
SHARES

१२ जेठ काठमाडौं । आज एमालेको सुदूपश्चिम संसदीय दलको बैठकले केन्द्रको निर्णय नटेरेपछि पार्टी इन्चार्ज लेखराज भट्टले कारबाही गर्ने बताएका छन् ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

स्थायी कमिटीको बैठकको निर्देशन अनुसार निर्णय नभएपछि नेताहरूले कारबाहीको चेतावनी दिएका हुन् । स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता दिन निर्देशन दिएको थियो ।

सुदूरपश्चिम इन्चार्ज भट्टले लिखित रिर्पोट आएपछि विधान अनुसार कारबाही हुने बताए ।  लिखित रिपोर्ट आएपछि के गर्ने भन्ने सल्लाह गर्छौ । तर, पार्टीको विधान,संसदीय दलको विधान अनुसार कारबाही हुन्छ,”।