मेरो बदनाम गर्न संकटको समयमा राजनीति अपराध गरे – नेता पुन
१३ जेठ काठमाडौ । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रोल्पाका निवर्तमान सांसद वर्षमान पुन अनन्तले संकटका बेला आफ्नो बदनाम गर्न लागेर एमालेले राजनीतिक अपराध गरेको बताएका छन् ।
कोरोना संक्रमितहरुका लागि अत्यावश्यक अक्सिजनको हाहाकार हुँदादेखि नै आफूले रोल्पाली जनातालाई राहत पुर्याउन अक्सिजन पठाउने पहल गरेको र पछिल्लो चरणमा त्यही गर्दा जिल्लामा एक सिन्को नभाँचोका एमालेले आफुलाई बदनाम गराउन लागेको उनले बताएका छन् ।
सामाजिक सञ्जालमा नेता पुनले लेखेका छन्, ‘मलाई बदनाम गर्न कान्तिपुर पत्रिकाका प्रतिष्ठित पत्रकार काशीराम डाँगी र रोल्पा एमाले नेत्री इश्वरी घर्ती लगायतका एमाले मित्रहरू लाग्नु खेदजनक छ । कोरोना महामारीमा जिल्लामा अक्सिजन सिलिन्डर मेरो पहलमा तीन पटक पठाएको हो । यो बिषय सार्वजनिक नै छ । नपा, गापा र जिल्ला अस्पतालको अनुरोधमा गर्दै आएको छु । यो काम एमाले नेतृत्वको संघीय र प्रदेश सरकारको होइन र ? आजको मितिसम्म एकसिन्को पनि सरकारबाट कुनै सामग्री लिएको छैन । बिक्री वा कुनै प्रकारको दूरूपयोगको प्रसंग कसरी आयो ? कोरोना महामारीमा सबैले आ–आफ्नो ठाउँबाट रचनात्मक काम गरौं । जनताको एक एक जीवन रक्षामा लागौ । संकटको समय राजनीति गर्नु अपराध हो ।’