मन्त्रीमण्डल पुनर्गठन : ५ मन्त्री र ४ राज्यमन्त्रीले लिए शपथ
१४ जेठ धनगढी ।आज सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन भएको हो । सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले शपथ ग्रहण गरेका छन् ।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ ग्रहण गरेका हुन । त्यस्तै चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा सपथ ग्रहण गरेका छन् ।