देश सहि दिशामा अघि बढेको छ – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
9K
SHARES

१५ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सहि दिशामा अघि बढिरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

“लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै, मुलुकको आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भएको छ ।

आर्थिक वृद्दिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भइ अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्पछिको पुनः निर्माण कार्यले सार्थकता पाउनु, सेवा प्रवाहमा व्यापकताका साथ जनतामा सन्तुष्टि बढ्दै गइ विश्वास वृद्धि, विकास, संवृद्धि तथा सुशासनका सबै आयामहरु तथा विश्वव्यापी परिसूचकहरुमा उल्लेख्य सुधार आउनुले मुलुक सहि दिशातिर अघि बढेको स्पष्ट हुन्छ,” ओलीले जिकिर गरे ।