यी ३ नेता गणतन्त्रको पक्षमा थिएनन् – नेता गौतम


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
7.9K
SHARES

१५ जेठ काठमाडौ । आज एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् ।

पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् ।गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई  महानायकका रुपमा सम्झेका छन् ।

नेता गौतम निकट एक नेताका अनुसार गौतमले ‘चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता’ भनेर केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई भन्न खोजेका हुन् ।

नेकपा एमालेले २०६२ साल साउनमा आयोजित बैठकबाट गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो ।१४ औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।