प्रचण्ड र देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता चल्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८
4.5K
SHARES

१६ जेठ काठमाडौ । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

कामचलाउ सरकारले पूर्ण बजेट ल्याएपछि विपक्षी दलका दुई नेताबीच कसरी विरोधका कार्यक्रम अघि बढाउने भन्ने विषयमा छलफल गर्न भेटवार्ता भएको हो ।

निर्वाचन घोषणा गर्दै प्रतिनिधिसभा विघटन गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत पूर्ण आकारको बजेट ल्याएको छ । विपक्षी दलले भने काम चलाउ बजेट ल्याउन माग गरेका थिए ।

संसद विघटनविरुद्ध एकजुट भएका कांग्रेस र माओवादीले दायर गरेर मुद्दामा सर्वोच्च अदालतमा आज संवैधानिक समितिमा सुनुवाई हुँदैछ ।