यस्तो एजेण्डा सहित देउवा निवासमा विपक्षी गठबन्धनको छलफल हुदै


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८
4.4K
SHARES

१६ जेठ काठमाडौं ।अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धन छलफलमा जुटेका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुहरु सरकारविरुद्ध रणनीति बनाउन छलफलमा जुटेका हुन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाई हुँदैछ । सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

विहान सवा ९ देखि छलफल सुरु भएको हो । छलफलमा कांग्रेसबाट देउवाका साथै रामचन्द्र पौडेल, ज्ञानेन्द्रवहादुर कार्की सहभागी छन् भने एमालेबाट निष्कासित नेताहरु माधवकुमार नेपाल र भीम रावल तथा माओवादी अध्यक्ष प्रचण्ड, कृष्णवहादुर महरा, देव गुरुङसहितका नेता छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पनि छलफलमा रहेका छन् ।