ओली समूहका सांसदलाई एमालेले माग्यो स्पष्टीकरण


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८
11.2K
SHARES

१६ जेठ काठमाडौ ।अहिले नेकपा एमालेको विवाद सबै तहमा छ । एमाले सुदूरपश्चिम कमिटीमा पनि एकअर्कामा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रतिस्पर्धा नै चलेको छ । एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ ।

ओली समूहका सांसद बोहरालाई एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण मागेका हुन् । बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।