मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेका छन् – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८
7.5K
SHARES

१६ जेठ काठमाडौं।आज  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन्। तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भईरहेको बताए।

उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे। उनले उनीहरुले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे।

‘तीनले खाएको सपथ झुटो हो, तीनको सपथ बेइमानी हो। तीनका शपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ। अहिले तीनले खाएका सपथ सम्झनुहोस् त।

तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्,’ उनले भने, ‘सम्मानीय राष्ट्रपति ज्यूकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ। शरम छैन।

जब नेतृत्वतह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ। यो चिन्ताको विषय छ।’