नयाँ उचाइ पछ्याउँदै नेप्से


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
3.5K
SHARES

१९ जेठ काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा हयिाली छाउँदा नेप्से नयाँ उचाइ नजिक पुगेको छ । आइतबार २८२७.९३ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्सेमा सोमबार र मंगलबार लगातार दुई दिन गिरावट भएको थियो ।

तर आज साताको चौथो कारोबार दिन भने नेप्से ५५.७६ अंकले बढेर २८२७.१३ अंकमा बन्द भएको छ ।

शनिबार आएको बजेटले १ वर्षभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्तालाई लाभकर बढाएर ७.५ प्रतिशत पुर्‍याएपछि पनि आइतबार ऐतिहासिक १७ अर्बको कारोबार भएको थियो  ।

सोमबार पनि नेप्सेमा  ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९० करोड ९१ लाख १३ हजारको कारोबार भएको थियो ।