आज ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २३ २०७८
3.6K
SHARES

२३ जेठ काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । शुक्रबार छापावाला सुन तोलामा १५०० सय रुपैयाँ घटेको थियो ।आइतबार भने छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदी आज तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।