गिदरपुरका गाहा मगरको घर व्यावसायी चलाउनेले बनाई दिने


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २ २०७८
20K
SHARES

२ असार काठमाडौ । बर्दिया जिल्ला  गेरुवा ४ गिदरपुरका लाल बहादुर गाहा मगरको खरको चुहिने घर अनि जहाँ–जहाँ चुहिन्छ त्यसको तल प्लाष्टिकका भाडाहरु राखेको तस्वीर बास्तवमै मार्मिक छ । मार्मिक भएकै कारणले होला हामीलाई मंगलबार विहानै काठमाण्डौको नम्बरबाट फोन आयो । फोन गर्नेले भन्नुभयो त्यो परिवारलाई म घर बनाउन सहयोग गर्छु । भन्नुहोस कति खर्च लाग्छ ! म अचम्म परे मलाई लागेको थियो ५ हजार १० हजार म पनि सहयोग गर्छु भन्नुहोला सोचेको थिए तर उहाँले घरनै बनाउन म सहयोग गर्छु भनेपछि म अल्लमल्ल परे । उहाँले घर मात्र भन्नुभएन सो परिवारको लागि ६ महिनासम्म पुग्ने खाद्यान्न पनि सहयोग गर्छु भन्नुभयो । म सोमबार करिब रातको १२ बजेसम्म मगरको परिवारको लागि सहयोग गर्नेहरुको बारेमा निन्द्रालाई थाती राख्दै फेसबुकमा पोष्ट गर्न व्यस्त थिए । मेरो निन्द्रा रोकेर मगरको परिवारको निन्द्रा पर्छ भने, कमसेकम उक्त परिवारको छानो फेर्न सकिन्छ कि भनि सहयोग जुटाउँदै थिए ।

 

कसैले १ हजार, कसैले ५ हजार गरेर केही रकम संकलन गर्ने कार्य भएको थियो भने कसैले केही समयपछि दिन्छु भनेर भाका समेत राखेका थिए । तर पनि दिन्छु त भनेका छन भनेर उहाँहरुको पनि मैले कुनै कञ्जुँस्याई नगरी फेसबुकमा सहयोगी मन भनेर पोष्ट गरेको थियो । म मगर परिवारको घर बनाईदिन्छु भन्ने गेरुवा ४ गिदरपुरमै बाल्यकाल विताएर अहिले काठमाण्डौमा सफल उद्यमी भनेर चिनिने समाजसेवी जिमी गु्रपका प्रवन्धक निर्देशक जीवन चलाउने हुनुहुन्थ्यो । उहाँले भन्नुभयो भाई मेरो पनि बाल्यकाल दुःखमा वितेको थियो । मेरो पनि घर लाल बहादुर गाहा मगरकै जस्तै गरेर चुहिने गथ्र्यो । उहाँले भन्नुभयो दुःखमा हुर्किएकोले अरुको दुःखमा नदेखेझै गरेर भाग्नु त झन ठुलो पाप हो । भगवानले मलाई हेर्नुहुने छ म जसरी भएपनि मगरको घर बनाउछु ।

 

उहाँले भन्नुभयो भाई मेरो नाम फोटो केही हाल्नु पर्दैन के कति लाग्छ घर बनाउन स्टिमेट पठाउ म पैसा पठाईदिन्छु । तर मैले उहाँको नाम मगर परिवारको लागि भगवानरुपी उहाँको नाम फेसबुकमा नराख्दा सम्म यो मनले मान्दैमानेन अनि दाईको भनाईलाई अस्वीकार गर्दै जिमी गु्रपका प्रवन्ध निर्देशक जीवन चलाउनेद्वारा मगरको घर बनाउने भन्ने हेडलाईन सहित उहाँको फोटो सार्वजनिक गरे । जिमी गु्रपका प्रवन्ध निर्देशक जीवन चलाउनेले मगर परिवारलाई मात्र होइन उहाँले अहिलेसम्म थुप्रै परिवारलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले आफ्नो व्यवसायमा थुप्रै बर्दियालीलाई समेट्दै आउनुभएको छ । नाम जीवन चलाउने जस्तै उहाँले धेरैको जीवन चलाउनमा मद्दत पुर्याउनुभएको छ । गेरुवा अपडेटबाट।