नेप्सेमा सुधार आज ७३ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
6.4K
SHARES

८ असार काठमाडौ । आज साताको तेस्रो कारोबारको दिन आज सेयर बजार उच्च अंकले बढेको छ ।

लगातार तीन दिन भारी गिरावट आएको नेप्से परिसूचक आज ७३.८८ अंकले बढेर २९०८.२८ अंकमा पुगेको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १५.४७ अंकले बढेर ५३५.६१ अंकमा पुगेको छ ।

आइताबार ६३.२८ अंकले घटेर २९०५.१४ अंकमा आएको नेप्से परिसूचक सोमबार ७१.०६ अंकले घटेर २८३४.४० अंकमा झरेको थियो । नप्सेसँगै आइताबार र सोमबार कारोबार रकममा समेत गिरावट आएको थियो ।

डआज नेप्से उच्च अंकले बढेपनि कारोबार रकम भने बढ्न सकेन । यस दिन विभिन्न २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार रुपैयाँ बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका सबै उपसूचक उकालो लागेको छ ।