चूडामणि शर्मासहित तीनजनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर
९ असार काठमाडौं । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्मालाई एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ती पदाधिकारीले कानुनविपरीत बदनियतपूर्वक कर छुट दिएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।