ब्रोकर कमिसनमा अर्थ मन्त्री शर्माको चासो , के होला शेयर बजार ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ४ २०७८
10.1K
SHARES

४ साउन काठमाडौं । अहिले अर्थमन्त्री जनार्दन शर्माले  महँगो रहेको ब्रोकर कमिसनप्रति चासो लिएका छन् ।

लगानीकर्ताले बारम्बार ब्रोकर कमिसन अत्यधिक भएको र यसलाई घटाउनुपर्ने आवाज उठाइरहेका बेला अर्थमन्त्री शर्माले पनि यसमा चासो दिएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार ब्रोकर कमिसन अत्यधिक भएको भन्ने गुनासो अर्थमन्त्री शर्मासम्म पनि पुगिसकेको छ । यस अघिका अर्थमन्त्री विष्णुप्रसाद पौडेलका पालामा नगन्य मात्रामा ब्रोकर कमिसन घटाइएको थियो ।

अहिले कायम भएको ब्रोकर कमिसन पनि अत्यधिक भएको र यसलाई ५० प्रतिशत घटाउनुपर्ने लगानीकर्ताका माग छ ।