यी कुराहरू राख्नुहोस ‘गोप्य’
६ साउन काठमाडौ । मानिस जति धेरै बढी फ्र्यांक भयो उ त्यति नै खुशी हुन्छ । तर जति नै फ्र्यांक नै भएपनि जीवनमा केही कुराहरु भने सदैव गोप्य राख्न जरुरी हुन्छ ।
पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । मानिसले सदैव गोप्य राख्नुपर्ने केही कुराहरु निम्न छन् ः
रतिक्रिडाः रातको समयमा गरिएको क्रिडा अर्थात स्त्री र पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग कहिल्यै भन्नु हुँदैन । त्यस्ता क्रियाकलाप अरुसँग भन्ने कुरा होइन । जीवनमा यौन सम्बन्धको विषयमा कसैसँग भन्यो भने कुनै न कुनै दिन नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन्छ ।
धन हानीः भनिन्छ नि सुख बाँडे घट्छ दुःख बाँडे बढ्छ । त्यस्तै हो जीवनमा आफूलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्नु हुँदैन । तपाईसँग पैसाकै कारण नजिकिएका धेरै मानिसहरु तपाईसँग पैसा छैन भन्ने थाहा पाउने वित्तिकै टाढिन सुरु गर्छन् ।
घर परिवारको झगडाः परिवारमा झगडा हुनु सामान्य विषय हो । तर घरमा झगडा भयो भन्दैमा अरुलाई यस विषयमा भन्नु हुँदैन ।परिवारका झगडा घरभित्र नै गोप्य रहेमात्र समाजमा सम्मानित हुन सकिन्छ । तपाइँको परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।
गुरुले दिएको मन्त्रः गुरुले शिष्यलाई दिएको मन्त्र पनि गोप्य राख्नुपर्ने विषय नै हो । मन्त्र कसैलाई पनि भन्नु हुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । गुरुले दिएको मन्त्र सिद्ध हुन सक्छ ।
दानः जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नु हुँदैन । दान धर्म भनेको अरुलाई भनेर गर्ने चिज होइन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।
अपमानः जीवनमा आफू अपमानित भएको कुरा कसैलाई भन्नु हुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाइँको मजाक बनाउन सक्छन् ।