प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता, एमसीसीबारे यस्तो भयो छलफल


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८
5.5K
SHARES

१२ साउन काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भएको फोन संवादमा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा कुराकानी भएकोपरराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देउवा र अमेरिकी विदेशमन्त्रीबीच अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीका सम्बन्धमा पनि कुराकानी भएको छ । त्यस क्रममा देउवाले नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पनि ट्विटमार्फत देउवासँग कुरा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले देउवा र आफूबीच अमेरिका–नेपालको सहकार्यलाई अघि बढाउने सम्बन्धमा छलफल भएको जनाएका छन् ।