एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
4.3K
SHARES

२३ साउन काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गर्ने जनाएको छ। परीक्षाको नतिजा बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो। २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० हेर्न सकिने छ।

यस्तै, इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर प्राप्त गर्नसकिने छ ।