सत्ता कब्जापछि तालिवानले दियो यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
12K
SHARES

३२ साउन काठमाडौ । तालिवानले अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने जनाएको छ । तालिबानका प्रवक्ता सुहेल शाहीनले प्रत्यक्ष प्रशारणमा अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने बताएका हुन् ।

‘हामी अफगानिस्तानका जनतालाई, विशेष गरी काबुल शहरमा, उनीहरुको सम्पत्ति, उनीहरुको जीवन सुरक्षित छ भन्ने आश्वासन दिन्छौं – कसैसँग बदला लिने छैनौं,’ उनले भने , ‘हामी जनता र यस देशको सेवक हौं।’

तलिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरिसकेको छ । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो । वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेका थिए ।