घरमा यी पाँच दोष भए टिक्दैन पैसा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
4.8K
SHARES

६ भदौ काठमाडौ । वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्नु अघि तपाईंले वास्तुशास्त्रका केही नियमका पालना गर्नुपर्छ ।

यस्ता छन् वास्तुदोषः

– उत्तर–पश्चिम दिशामा अँध्यारो हुनु हुँदैन । यो दिशाको सिधा सम्बन्ध पैसासँग हुन्छ । घरको यो कुनामा अँध्यारो हुँदा पैसा खर्च भइरहन्छ ।

– वास्तुका अनुसार दक्षिणलाई यमको दिशा मानिन्छ । यो दिशामा ढोका राख्नु हुँदैन र पैसा, गरगहनालगायतका आफ्ना सम्पत्ति केही पनि संचय गर्नु हुँदैन ।

– घरका मूलीको कोठा दक्षिण–पूर्व दिशामा नुहँदा घरमा आर्थिक समस्या आइरहन्छ ।

– उत्तर–पूर्व दिशामा किचन हुँदा घरको आर्थिक स्थिती गडबड हुन थाल्छ । यसका साथै घरका सदस्य बिरामी हुन्छन् र पैसा खर्च हुन थाल्छ ।