उखु किसानद्वारा आन्दोलनको चेतावनी


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
3.9K
SHARES

८ भदौ काठमाडौ । चिनी मिलले आफूहरूको बक्यौता रकम नदेखिएको भन्दै उखु किसानहरू फेरि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पटकपटक आन्दोलनमा उत्रिँदै आएका किसानहरूले अझैसम्म पनि आफूहरूको बक्यौता रकम मिलले भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

आफूहरूको बक्यौता रकम दिलाउने सरकारले गरेको प्रतिबद्धता पनि पूरा नभएको भन्दै उनीहरूले आफूहरूको आन्दोलनका क्रममा कुनै अप्रिय घटना भएका सरकार र चिनी मिल जिम्मेवार हुने बताएका छन् ।

किसानहरूले आफूहरूले उब्जाएको बस्तुको भाउ आफैँले तोक्न नपाउनु दुखद भएको विज्ञप्तिमा उल्लेख छ ।