काठमाडौंका विद्यालय खुल्ने कि नखुल्ने ? आज टुंगो लाग्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
4.7K
SHARES

२१ भदौ काठमाडौं । कोरोना संक्रमण जोखिम केही कम भएसंगै काठमाडौं उपत्यकाका विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

सरकारले कोरोना संक्रमण जोखिम कम भएको ठहर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएपछि यहाँका स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका हुन् ।

काठमाडौं जिल्लाका स्थानीय तहहरुले भदौको अन्तिम सातादेखि भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने तयारी गरेलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तहहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज स्थानीय तहका जन प्रतिनिधिहरुलाई छलफल गर्न भन्दै बोलाएका छन् ।

काठमाडौं उपत्यका भित्रका विद्यालयहरु भौतिकरुपमा सञ्चालन गर्न सकिने वा नसकिने भन्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।

आज दिउँसो १ बजेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हुने छलफलपछि विद्यालय भौतिक रुपमा सञ्चालन हुने वा नहुने विषयको टुंगो लाग्नेछ ।

छलफलमा बोलाइएका स्थानीय तहक जनप्रतिनिधिहरुलाई संस्थागत र सामुदायिक विद्यालयहरुमा अनलाइनको पहुँच भएका र नभएका विद्यार्थीको सम्पूर्णा विवरणसहित उपस्थित हुन आग्रह गरिएको छ ।