धानको मूल्य तोकियो
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ६ २०७८
8.8K
SHARES
६ असोज काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम सर्मथन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले क्विन्टलमा १७ रुपैयाँले बढाएर धानको मूल्य तोकेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलले मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकिएको बताए ।
उनका अनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट