आज कक्षा १२ को परीक्षाफल आउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १७ २०७८
3.2K
SHARES

१७ मंसिर काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको आज बैठक बस्दैछ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीका लागि आज बोर्डको बैठक बस्न लागेको हो ।

परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक–दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ । बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गर्न पनि सक्ने सम्भावना रहेको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

त्यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीहरुका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ ।

परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।