माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २६ २०७८
8.9K
SHARES

२६ पुस काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेसँगै १५ माघसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने जानकारी दिए । यसका लागि आजै सूचना जारी गरिने उनले बताए । सीसीएमसीसीको आइतबार बसेको बैठकले ओमिक्रनको संक्रमण बढ्दै गएपछि जाडो बिदा लम्ब्याएर विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।