विश्वविद्यालयका परीक्षा नरोक्ने मन्त्रिपरिषद्को निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २ २०७८
3.6K
SHARES

२ माघ काठमाडौं । सरकारले विद्यालय तथा विश्वविद्यालयका परीक्षाहरू सञ्चालन गर्न नरोक्ने भएको छ । ३० पुसको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा नरोकिने भएको हो । यस्तै, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मन्त्रिपरिषदको निर्णय सुनाउदै यस्तो बताएका हुन् ।

यसैगरी, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ सम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने निर्णय भएको छ । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाइ सञ्चालन गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको  हो  सरकारले नयाँ भेरियन्ट ओमिक्रनसहितको कोभिड–१९ को महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्यादेश २०७८ जारी गरेको छ । सोहीअनुसार ओमिक्रनको संक्रमण नेपालमा बढेपछि त्यसको रोकथाम, नियन्त्रण तथा निदानका लागि रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश दिएको हो । यस्तै, आदेशले आम सभा, जुलस, भेला माघ मसान्तसम्म नगर्न र गोष्ठी सेमिनार बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ ।