ओलीले धोका दिँदा व्यावहारिक/प्राविधिक शिक्षा कार्यान्वयन भएन – अध्यक्ष प्रचण्ड
२० चैत काठमाडौं । सत्तासाझेदार दल नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लामो समयदेखि बेरोजगार उत्पादन गर्ने खालको शिक्षा नीति भएको बताएका छन् ।
आइतबार महोत्तरीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लोपटक चुनावी घोषणापत्रमा ८० प्रतिशत व्यावसायिक शिक्षा र २० प्रतिशत मात्रै सैद्धान्तिक शिक्षा समेटिएको समेत बताए ।
आफूहरूले अघिल्लो निर्वाचनमा ८० प्रतिशत व्यावहारिक/प्राविधिक शिक्षा र २० प्रतिशत मात्रै सैद्धान्तिक शिक्षा लागु गर्ने घोषणापत्र बनाए पनि आफैँले बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिँदा कार्यान्वयन गर्न नसकेको जिकिर गरे ।