बैनीको फेस राम्रो छ तर थुतुनो भएन – उमेदवार स्थापित


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
4.9K
SHARES

१५ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरको उमेदवार रहेका केशव स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएपछि जंगिएका छन् ।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएको थियो ।

उनीमाथि यौन दुर्व्यवहारको विषयमा प्रश्न सोधेपछि जंगिएका थिए । “यो बैनीको फेस त नाइस छ तर थुतुनो भएन,” स्थापितले भनेका छन् । अहिले स्थापितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।