वामदेव गौतम एकीकृत समाजवादीमा !


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
14.4K
SHARES

२१ वैशाख काठमाडौँ । गौतम सक्रिय राजनीतिभन्दा बाहिर रहेका नेता वामदेव गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा खुलेका छन् । उनी गीतमार्फत एकीकृत समाजवादीमा खुलेका हुन् । एकीकृत समाजवादीको चुनावी गीत गौतमले लेखेका छन् ।

उनले २०७८ भदौ १८ गते नेकपा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेकपा एकता महाअभियान चलाइरहेका उनले एकीकृत समाजवादीको चुनावी गीत लेखेका हुन् । गीतको बोल ‘एकीकृत समाजवादी हाम्रो पार्टी हो’ रहेको छ । यो गीत लेखेसँगै उनी एकीकृत समाजवादीमै खुलेको बताइएको छ ।