विराटनगरमा ओलीले सम्बोधन गर्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
2.6K
SHARES

२१ वैशाख विराटनगर । नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा निर्वमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालले ओली विराटनगरको सभामा सहभागी हुन आउने जानकारी गराएका छन् । स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार  तथा  कम्तिमा पाँच हजार  कार्यकर्ताहरुको सहभागिता रहने ढकालले जानकारी दिए ।