भरतपुरमा जित्न अप्ठ्यारो छैन – प्रचण्ड
२२ वैशाख चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो नरहेको दाबी गरेका छन्। देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेकोले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने उनले दाबी गरे।
चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले स्वतन्त्र उम्मेदवार उठ्ने प्रत्येक नेपालीलाई अधिकार रहेकाले यसमा धेरै टिप्पणी र चर्चा गर्न आवश्यक नरहेको बताए। उनले चुनावको फैसला भरतपुरका जनताले गर्ने बताए।
‘गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ। अब फैसला चितवनको जनताको हातमा छ,’ उनले भने,’ उम्मेदवारी उठ्ने स्वतन्त्रता कोही पनि नेपालीलाई छ। यसको बारेमा धेरे चर्चा गर्न आवश्यक छैन।’