मतपत्र च्यातेर हैन, मन जितेर चुनाव जितिन्छ – देवी ज्ञवाली


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
5.9K
SHARES

२२ वैशाख काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य देवी ज्ञवालीले मतपत्र च्यातेर नभई जनताको मन जितेर चुनाव जितिने बताएका छन् । बिहीबार चितवनको भरतपुर महागरपालिका–१० को चुनावी कार्यक्रममा उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुनेमा जोड दिए । ज्ञवालीले नेकपा (माओवादी केन्द्र)को हैकमवाद र परिवारवादले भरतपुरवासी आजित भएको जिकिर गरे ।

एमाले चितवनका इन्चार्ज समेत रहेका ज्ञवालीले गए रातिको एकझरको वर्षाले सत्ता गठबन्धनले आयोजना गरेको आमसभास्थल डुबान भएको भन्दै रेनु दाहालले गरेको विकासको हविगत त्यहीँ देखिएको आरोप पनि लगाए । अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट मेयर पदको उमेदवार बनेका ज्ञवाली दाहालसँग पराजित भएका थिए ।