नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
4.4K
SHARES

२५ वैशाख काठमाडौं । नेपाल नर्सिङ परिषद्ले यो वर्षका लागि नाम दर्ता (लाइसेन्स) परीक्षाको क्यालेन्डर प्रकाशित गरेको छ ।

प्रस्तावित तालिकाअनुसार आउँदो असार २५ गते पहिलो, मंसिर ३ गते दोस्रो र चैत ४ गते तेस्रो चरणको परीक्षा हुनेछ । तीनवटै परीक्षा शनिबार हुने तय गरिएको छ ।