सन्राइज बैंकको १५औं वार्षिकोत्सवमा नेपाल बाल संगठनका बालबालिकालाई नयाँ लुगासहयोग


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ६ २०७९
2.8K
SHARES

६ असोज काठमाडौं । सन्राइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालमन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ ।बिहिबार नक्सालस्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक श्रीमती शारदा शर्मा पुडासैनीले नेपालबाल संगठनका अध्यक्ष श्री मती विद्या न्यौपानेलाई उक्त सामानहरु हस्तान्तरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा लगायत बैंककाउच्च पदस्त अधिकारीहरुको समेत उपस्थितरहेको थियो । सधैझै आफ्नो वार्षिकोत्सवमा नेपालबालसंगठनलाई आवश्यकखाद्यसामाग्री, लत्ताकपडा आदिवितरण गदै आएकोमाबैकले यस वर्षआउँदै गरेको दशैंलाई मध्यनजर गरीबालबालिकाको लागिनयाँ कपडासहयोग गरेको छ ।बाल हेरचाह,अनाथ, पिछडिएको द्वन्द्व प्रभावितआदि बच्चाहरूको लागिशिक्षामा केन्द्रितसो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक श्रीमती शारदा शर्मा पुडासैनीले बताउनु भएको छ ।बैकले १५औ वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरीवार्षिकोत्सव भव्यताको साथमनाउदै छ ।