एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनको २८ औं वार्षिकउत्सव
३ कात्तिक लमजुङ। विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारी तथाग्राहकहरुका बिच मा सम्पन्न सो कार्यक्रममा बैंकले सेवाअवधिको २५ वर्ष पूरा गरेका १० जनाकर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखाजाँचने मेशिनखरिद गर्नका लागि रु. ४,८०,२५०।– आर्थिक सहयोग गरेको छ । बैंककाप्रमुखकार्यकारी अधिकृत श्री सुदेश खालिङले नेपाल नेत्र ज्योती संघका बोर्ड सदस्यश्री द्रोण गुरगाँईलाई उक्तकार्यक्रमका बिच सो चेक हस्तान्तरण गनुभयो । सो कार्यक्रममा नेपाल नेत्र ज्योती संघ धनकुटाका तर्फबाट श्री रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागिगोदावरी नगरपालिका वडा नं. ३ संग सम्झौता गरेको छ । बैंककातर्फबाट नायबप्रमुखकार्यकारी अधिकृत श्री विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्षश्री सानु राजा घिमिरेले एक कार्यक्रमका बिच सो सम्झैतामा हस्ताक्षर गरेका हुन ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमाहालसम्मकरिब १२लाखसन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२०शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिककार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।